अन्तर्राष्ट्रिय महिला दिवस : आफ्ना सबै महिला ‘स्टाफ’लाई केडीसीको सम्मान

काठमाडौँ, २४ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले आफ्ना महिला स्टाफहरुलाई सम्मान गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा केडीसीले आफूकहाँ कार्यरत महिला दन्त विशेषज्ञ, डेन्टल चिकित्सक, डेन्टल हाइजिनिष्ट र प्रशासनिक तथा प्राविधिक महिला कर्मचारीसमेत गरी करीब १८० जनालाई सम्मान गरेको हो ।

केडीसीलाई यहाँ सम्म ल्याईपुर्‍याउन महिला स्टाफहरुको महत्वपूर्ण रोल छ । त्यसैले आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उहाँहरुलाई सम्मान गरेका हौँ केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले भने ।


समारोहमा कलेजका प्रमुख प्राडा रबिन्द्रमान श्रेष्ठ, एसोसिएट प्रोफेसर डा सेन्छेमा लिम्बु, पीजी रेजिडेन्टस डा धनकुमारी श्रेष्ठ लगायतले महिलाको महत्व र भूमिकाका बारेमा धारणा राखेका थिए ।

उनीहरुले घर, परिवार, समाज र राष्ट्रमा मात्रै नभई अहिले जिम्मेवार र महत्वपूर्ण पेशामा महिलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे । कार्यक्रमको सञ्चालन डा श्रवना श्रेष्ठले गरेकी थिईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *