नोवेल मेडिकलका विद्यार्थीलाई एक साता भित्रै पढ्ने व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन
काठमाडौँ, २३ फागुन । नोबेल मेडिकल कलेज विराटनगरमा अनसनरत १० विद्यार्थीहरुलाई तत्काल सहज ढंगले पढ्न सक्ने बातावरण बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आज बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले सकेसम्म २५ फागुन भित्रै र नभए एक साता भित्र विद्यार्थीहरुको समस्या समाधान गरी उनीहरुलाई कक्षाकोठामा गएर पढ्न सक्ने बाताबरण गराउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो ।
समितिको निर्देशन सुनाउने क्रममा समिति सभापति जयपुरी घर्तीले भनिन् , ‘अनसनरत विद्यार्थीहरुलाई अनसन रोकेर पढ्ने व्यवस्था मिलाउनुहोस, सकेसम्म २५ गते भित्र वा नभए एक साता भित्रै कक्षा कोठामा गएर पढने बाताबरण मिलाउनुहोस ।’
उनले नियम कानूनको पालना सबैले गर्नुपर्ने भन्दै चिकित्सा शिक्षा ऐन अनुसार सबै चल्नुपर्ने बताईन । उनले आगामी तीन महिना भित्र कलेजले अतिरिक्त कक्षा सञ्चालन गरेर भएपनि विद्यार्थीहरुको कोर्ष पुरा गरिदिनुपर्नेमा जोड दिईन् ।
मन्त्रालय र आयोगका पदाधिकारीहरुलाई उनले भनिन्, ‘विद्यार्थीहरुलाई अतिरिक्त कक्षाको व्यवस्था गरेर भए पनि छुटेको कोर्ष पुरा गरिदिनुपर्छ । कहिले अतिरिक्त शुल्क, कहिले होस्टल शुल्कका विवाद आईनै रहयो । आन्दोलन भयो । यसले विद्यार्थीहरुलाई त्यहाँ पढ्नै नसक्ने बाताबरण बन्यो । अब यसलाई सुल्झाउने तर्फ तपाईहरु लाग्नुपर्छ ।
बैठकमा सांसद योगेश भट्टराई, नविना लामा, गिरिराजमणि पोखरेल लगायतले धारणा राखेका थिए ।
सम्पर्क इमेल : [email protected]