अस्पताल पसेको भालुको पाँच दिनपछि गरियो उद्धार

120
Shares

फुङ्लिङ, २३ फागुन । ताप्लेजुङस्थित डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको भालुलाई सुरक्षित वासस्थानमा छोडिएको छ ।

चितवनबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले लठ्याउने ‘बेहोस बनाउने’ सुई लगाई नियन्त्रणमा लिएको थियो । सोमबार डिभिजन वन कार्यालयको समन्वयमा भालुलाई सुरक्षित वास स्थानमा फर्काएको छ ।

गएको बिहीबार राति उक्त भालु सदरमुकाम फुङ्लिङस्थित जिल्ला अस्पतालमा प्रवेश गरेको थियो । जिल्ला अस्पतालको प्रसूति भवनमा राति साढे ११ बजेको समयमा अचानक पसेको सो भालुलाई प्रहरी र अस्पतालका कर्मचारीले प्रसूति कक्षकै एक कोठामा थुनिदिएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *