बझाङमा जेष्ठ नागरिक लक्षित कृतिम दाँत शिविर शुरु

काठमाडौँ, २३ फागुन । स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले आइतबारबाट बझाङमा जेष्ठ नागरिकका लागि कृतिम दाँत शिविर सुरु गरेको छ । जिल्ला अस्पताल परिसरमा राखिएको शिविर आगामी २६ फागुनसम्म चल्ने बताइएको छ ।

शिविरमा महाशाखाले एक सय बढी जेष्ठ नागरिकको तल माथि कृतिम दाँत (फुल कम्प्लिट डेन्चर) राखिदिने, एक हजार बढीको आरपीडी राखिदिने, दुई हजार बढीको काम नलाग्ने दाँत उखेलिदिने र सात हजार बढीको मुख तथा दन्त परीक्षण गर्ने योजना बनाएको छ । उक्त शिविरमा विद्यार्थीहरुलाई टुथब्रससहित दाँत सफा गर्ने तरिका, ओरल हाईजिन, जनचेतना, महत्वकाबारेमा समेत प्रशिक्षण दिईने कार्यक्रम समेत रहेको महाशाखाका प्रमुख कन्सल्टेन्ट तथा प्रोस्थोडोन्टिस्ट डा. प्रकाश बुढाथोकीले बताए ।

शिविरका लागि डा. बुढाथोकीको नेतृत्वमा विभिन्न अस्पताल तथा डेन्टल कलेजबाट ११ जना फ्याकल्टी, नौ जना पोस्ट ग्राजुएट्स रेजिडेन्ट, चार जना ल्याब टेक्निसियन, चार जना डेन्टल सर्जन र चार जना सहायकसहितको प्राविधिक टोली खटिएको छ ।

 

डा बुढाथोकीले शिविरका लागि न्याम्स वीर अस्पतालका प्रा. डा.सरिता प्रधान जोशी, डा. सम्राट पहारी, डा. गरिमा देवकोटा, पिपल्स डेन्टल कलेज तथा हस्पिटलबाट डा. निरज ध्याको, डा. सुदिप सुवेदी, डा. विपना पाण्डे, डा. अनिता गुरुङ, डा. अस्मिता अधिकारी र ल्याब टेक्निसियन ब्रह्मदेब मण्डल सहभागी भएको बताए ।

यस्तै डिलाईट डेन्टलका डा. दिपक थापा र ल्याब टेक्नििसियन मदन दुरा, नेपाल प्रहरी अस्पतालका एसएसपी डा. प्रमोदराज जोशी, त्रि.वि.शिक्षण अस्पतालका डा. अमर बोचिबोय, कान्तिपुर डेन्टल कलेज तथा अस्पतालका डा. बर्षा घिमिरे, डा. सुनिता प्रजापति, डा.रेवन्त राजभण्डारी, सामाजिक विकास मन्त्रालय सुदुरपश्चिमका डा. नरेश जोशी र धुलिखेल अस्पतालका डा. दिलिप प्रजापति पनि शिविरका लागि बझाङ पुगेका छन् ।

यस्तै डा. उज्वल रिमाल तथा पेडियाट्रिक डेण्टल सर्जन डा. कुम्भराज जोशी, डेण्टल सर्जनहरु डा. अमित जैशी, डा. एकेन्द्र खडकाले पनि सहभागिता जनाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *