स्वास्थ्य सेवा दिवस : दक्षिणकाली नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर, स्वास्थ्यकर्मीलाई सम्मान

काठमाडौँ, १६ फागुन । २४ औं स्वास्थ्य सेवा दिवसको अवसरमा दक्षिणकाली नगरपालिकाले आइतबार निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आव्हान अनुरुप नगरपालिकाले चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

शिविरमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ , स्त्री तथा प्रसूति रोग विशेषज्ञ, जनरल फिजिसियन , रेडियोलोजिष्ट सेवा र मुटुरोग विशेषज्ञ सेवा , आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा र कोभिड १९ विरुद्ध को खोप सेवा प्रदान गरिएको थियो ।

उक्त शिविरमा २०० जनाले सर्वसाधारणले स्वास्थ्य सेवा लिएका थिए । १४० जनाले भने कोभिडविरुद्धको खोप लिएको नगरपालिकाका सीअहेव विष्णु लामिछानेले जानकारी दिए ।

स्वास्थ्यकर्मीलाई सम्मान


यसैबीच दिवसकै अवसर पारेर नगरपालिकाले ९३ जना महिला स्वास्थ्य स्वयंसेविकालार्य सम्मान गरेको छ । यस्तै कोभिड -१९ नियन्त्रण, उपचार र व्यवस्थापनमा खटिएर नगरपालिकाले सञ्चालन गरेको कोभिड- १९ को आइसोलेसन वार्डमा सेवा गर्ने प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ३ जना चिकित्सकलाई समेत सम्मान गरिएको सीअहेव लामिछानेले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *