चिकित्सा शिक्षाका प्रि-डिप्लोमा तहको अध्ययन् गराउने ६५ वटा शिक्षण संस्थालाई स्तरोन्नतीका लागि सहमति प्रदान (सूची सहित)

3.4k
Shares

काठमाडौँ, १२ फागुन । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गतका ६५ वटा शिक्षण संस्थाहरुलाई स्तरोन्नतिका लागि सहमति प्रदान गरेको छ।

चिकित्सा शिक्षा तर्फ प्रि डिप्लोमा लेभलका कक्षा सञ्चालन गर्दै आएका ती शिक्षण संस्थालाई स्तरोन्नती गरिदिन गत ३० पुसमा सीटीईभीटीले आयोगलाई पत्र पठाएको थियो ।

आयोगले चिकित्सा आयोगले गत ५ फागुनमा बसेको कार्यकारी समितिको निर्णयबाट सीटीईभीटीबाट सिफारिस भई आएका शिक्षण संस्थाको स्तरोन्नती गर्न सहमति प्रदान गरेको जनाएको छ ।

उसले अव ती संस्थाको स्तरोन्नती पश्चात गरिने अनुगमन तथा निरीक्षण पछि तोकिएको मापदण्डका आधारमा सिट निर्धारण गरिने जनाएको छ । स्तरोन्नतीका लागि सहमति पाएका शिक्षण संस्थाहरु सीएमए, ल्याब असिस्टेन्ट, अनमी, आयुर्वेद लगायतका विषय अध्यापन गराउने रहेका छन् ।

हेर्नुहोस सूची

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *