भारतीय सेनाले नेपाली सेनालाई दियो एक लाख डोज कोभिडविरुद्धको खोप

32
Shares

काठमाडौँ, १२ फागुन ।  भारतीय सेनाले नेपाली सेनालाई कोभिड -१९ विरुद्धको एक लाख डोज खोप उपहारमा दिएको छ ।

भारत सरकारको “खोप मैत्री योजनाअन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एक लाख डोज खोप उपहारमा दिएको हो ।

बिहीबार जंगी अड्डामा आयोजित एक समारोहमा गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणले नेपाली सेनाका रथी बाल कृष्ण कार्कीलाई उक्त खोप हस्तारन्तरण गरे ।

भारतीय सेनाले यसअघि पनि नेपाली सेनालाई एक लाख डोज खोप सहयोग गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *