यी हुन् सबैभन्दा बढी वीर्य दान गरेको दावी गर्ने व्यक्ति, भन्छन्- १२९ जना जन्मिए

बेलायत । आफूलाई विश्वकै सबैभन्दा बढी पटक वीर्य (शुक्रकिट) दान गर्ने व्यक्तिको रुपमा चिनाउन चाहने एक जना सेवा निवृत्त शिक्षकले विगत नौ वर्षमा १२९ जना सन्तान जन्माएको दावी गरेका छन् । उनले अरु थप ९ जना जन्मने क्रममा (गर्भमा) रहेको समेत जानकारी दिए ।

बेलायतस्थित डर्बीको चाडेस्डेनमा बस्ने ६६ वर्षीय  सिलिभ जोन्सले करीव दश वर्ष देखी निसन्तान दम्पत्तीका लागि आफ्नो वीर्य दान गर्दै आएको बताएका छन् ।

उनले उमेर हदका कारण आफूलाई आधिकारिक रुपमा वीर्य दाता बन्न भने असमर्थ भएको सुनाए ।  ‘मैले ५८ वर्ष पछि मात्रै वीर्य दान गर्न थालें तर वीर्य बैंकहरुले ४५ वर्ष माथिको व्यक्तिले वीर्य दान गर्न नपाउने नियम राखेका थिए,’ उनले भने ।

जोन्सले आफू अझै केही वर्ष यो कार्यलाई निरन्तरता दिने योजनामा रहेको सुनाए । उनले आफ्नो वीर्यबाट १५० जना बच्चा जन्माउन चाहेको समेत स्पष्ट पारे ।

स्वास्थ्य विशेषज्ञहरुले भने उनको कार्यको विरोध गरेका छन् । इजाजत नलिएको व्यक्तिको वीर्य ग्रहण नगर्न समेत विज्ञहरुले सेवाग्राहीसंग अनुरोध गरेका छन् । उनीहरुले सबै वीर्य दाता र ग्रहणकर्ताको उपचार युकेको लाइसेन्स प्राप्त क्लिनिकमा गएर गर्न समेत भनेका छन् ।
जोन्सले भने वीर्य दान निशुल्क गरिरहेको र सो कार्य फेसबुकको माध्यमबाट भइरहेको बताए ।

‘मलाई धेरै संख्यामा क्लिनिकहरु र शुक्राणु व्यापारीहरु थाहा छ तर तिनीहरु दान गर्दैनन् बरु बीर्य बेच्छन्,’ उनले भने ।

जोन्सले वीर्य दानकै प्रसंगमा आफूलाई एक अपरिचित हजुर आमाले नातिनी जन्माइदिएको भन्दै खुशीको सन्देश पठाएको समेत दावी गरे ।
उनी भन्छन्, ‘म सित्तैमा दान गर्छु तर कहिलेकाँही अलिकति पेट्रोल माग्छु । वीर्यदानमा शुल्क लगाउनु गैरकानूनी पनि हो र मसंग पैसा बढी हुँदा पैसा लिनु ठीक पनि लाग्दैन ।’

“मैले सहयोग गरेका करिब दुई तिहाइ व्यक्तिहरू समलिङ्गी जोडीहरू हुन्। अरूहरू विषमलिङ्गी जोडीहरू हुन् र केही एकल महिला हुन्। म कडा छैन र मलाई विश्वास छ कि हरेक महिलाले बच्चा जन्माउन योग्य छन्।”

जोन्सले कानूनी रुपमा वीर्य दाता बन्न उमेरका कारण नमिल्ने भएपछि उनले फेसबुकबाट मानिसहरु जोड्छन् । माग आएपछि उनी आफ्नै सवारी साधन कुदाएर वीर्य बैंक पुग्दछन् ।

‘मेरो आफ्नै तीन जना बयस्क सन्तान छन् । सबैका लागि बच्चा हुनु जरुरी छ । मैले पत्रपत्रिकामा सन्तान जन्माउन नसक्ने मानिसको अवस्था पनि पढेको छु,’ उनले थपे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *