स्टार हस्पिटलले शुरु गर्‍यो जेष्ठ नागरिकका लागि घर घरमै स्वास्थ्य सेवा

ललितपुर, ३ फागुन । ‘केयर कान्ट वेट’ भन्ने मुल नाराका साथ सानेपास्थित स्टार हस्पिटलले ‘स्टार जेरियाट्रिक हेल्थ सर्भिस’ सेवा सञ्चालनमा ल्याएको छ । जेष्ठ नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा घर घरमै उपलव्ध गराउने उद्धेश्य अनुरुप यो सेवा सञ्चालनमा ल्याएको हो ।

यस सेवा अन्तरगत सेवाग्राहीले घरमै बसी बसी प्रयोगशाला परीक्षण, फिजियोथेरापी, डाइट प्लान, चिकित्सकीय परामर्श, औषधी, ब्लडप्रेसर जाँच, शरीरमा अक्सिजनको मात्रा, पल्स, शरीरको तापक्रम जाँच लगायतका सेवा लिन सक्नेछन् । यदि अस्पताल आउनु परेको खण्डमा स्टारले स्वास्थ्यकर्मी सहितको यातायात सेवा निःशुल्क उपलब्ध गराउने छ ।

हस्पिटलले यो सेवा प्रदान गर्नका लागि छुट्टै विभाग खडा गरेको हुनाले सेवाग्राही जेष्ठ नागरिकहरुले सहज रुपमा उपचार सेवा प्राप्त गर्न सक्ने दावी गरेको छ ।

धेरै वर्षको मेहेनतबाट बनाएको र आफ्नो चाहना अनुरुप सजावट गरिएको घरमा, आफ्ना सन्तान विदेशमा वसोवास गरेको कारण आफ्नो उमेर ढल्केको कारण वृद्धाश्रममा बस्नुपर्ने बाध्यताको स्थिति सृजना हुने अवस्था नहुन दिन स्टार हस्पिटलले यो अत्यन्तै समय सापेक्ष सेवाको सुरुवात गरेको जनाएको छ ।

स्टार जेरियाट्रिक हेल्थ सर्भिस सुविधा लिनका लागि अस्पतालले वार्षिक सदस्यता कार्डको व्यवस्था गरेको छ ।

अस्पतालले प्रति व्यक्ति सदस्यता शुल्क ५ हजार रुपैयाँ र दम्पतिको हकमा ८ हजार ८८८ रुपैयाँ शुल्क तोकेको छ । यस सुविधा लिए बापत सदस्यहरुले विभिन्न हेल्थ प्याकेजहरु सहुलियत रुपमा प्राप्त गर्न सक्नेछन् ।

भर्खरै मात्र अत्याधुनिक पेट तथा कलेजो रोग विभाग (जीआई सेन्टर) संचालनमा ल्याएको अस्पतालले जेष्ठ नागरिकलाई लक्षित स्टार जेरियाट्रिक हेल्थ सर्भिस सेवा संचालनमा ल्याएको छ भने निकट भविष्यमा नै निःसन्तान दम्पतिहरुलाई लक्षित गरि स्टार फर्टिलिटी सेन्टर संचालनमा ल्याउने तयारी गरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *