कर्माचार्यद्धारा १६९ औँ पटक रक्तदान

काठमाडौँ, २ फागुन । नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष एवं सतक रक्तदाता प्रेमसागर कर्माचार्यले शनिबार १६९ औँ पटक रक्तदान गरेका छन् । हरेक तीन तीन महिनामा रक्तदान गर्दै आएका कर्माचार्यले यसपटक पर्वतको कुस्मामा पुगेर रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटीको पर्वत जिल्ला शाखाको प्राबिधिक सहयोग र नेपाल स्वयंसेवी रक्तदाता समाज पर्वत जिल्ला शाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा कर्माचार्यले १६९ औँ पटकको रक्तदान गरेका हुन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज पर्वत जिल्ला शाखाका अध्यक्ष नीरबहादुर पुनको सभापतित्वमा आयोजित उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्वत जिल्ला सभापति रूद्र रिमाल र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाका उपाध्यक्ष बिरेन्द्र पराजुली अतिथि रहेका थिए ।

अतिथि बीरेन्द्र पराजुलीले आफूले पनि ३५ औँ पटकको रक्तदान गर्नुका साथै रक्तदानबाट कोही पनि कमजोरी होईन्न भन्ने तथ्यलाई साबित गर्न रक्तदान लगत्तै बञ्जिजम्प गर्नुका साथसाथै कुश्मादेखि पोखरासम्म साईक्लिङ् गरेका थिए ।

सारेगमप नेपाल लिटिल च्याम्का अन्तिम पाँच प्रतियोगीमा पुग्न सफल अरूण सुनारले पनि सो कार्यक्रममा सहभागीता जनाएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *