कोरोना संक्रमण घटेपछि काठमाडौँमा आजबाट सवारी साधनको जोरबिजोर प्रणाली हट्यो

144
Shares

काठमाडौँ, २४ माघ । काठमाडौँ उपत्यकामा चल्ने निजी सवारी साधनमा लागू गरिएको जोर–विजोर प्रणाली आजबाट हटाइएको छ । कोरोना संक्रमणमा कमि आएसंगै जोर बिजोर प्रणाली हटाइएको हो ।

यसअघि आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेको थियो । ‘हामीले कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसीसी)ले दिएको सिफारिसको आधारमा उक्त निर्णय गरेका हौँ,’ भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्माले भनिन् ।
उनले विद्यालय र कलेजहरु भने १ फागुन देखि भौतिक उपस्थितिमै सञ्चालन गर्न पाइने उनले बताईन ।

ओमिक्रोनको संक्रमण बढेपछि दुई साता अघि देखि काठमाडौँ उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको थियो । यस्तै विद्यालय तथा कलेजहरु बन्द गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *