चौबिस घण्टामा थप ३१७५ जनामा कोरोना संक्रमण, ८,७२३ जना डिस्चार्ज

काठमाडौँ, २० माघ। पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ८ हजार ७२३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार १० हजार २६ पीसीआर गर्दा २ हजार ७४२ जनामा र २ हजार ५७९ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ४३३ गरी कुल १२ हजार ६०५ जनाको नमुना परीक्षण भएकोमा ३ हजार १७५ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ रहेको छ ।आइसीयूमा २ सय ८१ जना भेन्टीलेटरमा ५९ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आज कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *