बुधबार थप ३६३७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौँ, १९ माघ। बुधबार देशभर ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् । भने कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन गरी ११ हजार ५८२ वटा नमुना परीक्षण गर्दा ३ हजार ६३७ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *