चौबिस घण्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौँ, ७ माघ। पछिल्लो चौबिस घण्टामा देशभर १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ७६६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पीसीआर र एन्टीजेन गरी २३ हजार ९२ वटा नमुना परीक्षण गर्दा १० हजार ७०३ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

जसमा उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४ हजार २७९ , भक्तपुरमा ४ सय ५३ र ललितपुरमा ५ सय ६७ गरी काठमाडौँ उपत्यकामा ५ हजार २ सय ९९ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ रहेको छन् ।आइसीयूमा १ सय ९४ जना भेन्टीलेटरमा ३५ जना संक्रमति उपचाररत छन् ।

त्यस्तै आज कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *