एकैदिन थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ, ६ माघ। पछिल्लो चौबिस घण्टामा देशभर १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ६४९ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार पीसीआर र एन्टीजेन गरी २७ हजार ४९७ वटा नमुना परीक्षण गर्दा १२ हजार ३३८ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

जसमा उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ५ हजार एक , भक्तपुरमा ८ सय ५० र ललितपुरमा १ हजार १३० गरी काठमाडौँ उपत्यकामा ६ हजार ९ सय ८१ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ रहेको छन् ।आइसीयूमा १ सय ८६ जना भेन्टीलेटरमा २७ जना संक्रमति उपचाररत छन् ।

त्यस्तै आज कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *