कोरोना बढेपछि त्रिविद्धारा सबै परीक्षा स्थगित गर्ने निर्णय

काठमाडौँ, ६ माघ ।  त्रिभुवन विश्वविद्यालयले आगामी ९ माघ पछिका सम्पूर्ण परीक्षाका कार्यक्रम स्थगित गरेको छ । त्रिविको आज बसेको परीक्षा सञ्चालक समितिको बैठकले कोरोना संक्रमण बढेको भन्दै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तीमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमण तिब्र गतिमा बढेको र त्यसबाट विद्यार्थी, कर्मचारी एवं प्राध्यापकहरु संक्रमित भएको कारण अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित भएको उल्लेख छ ।

यसअघि त्रिविले स्वास्थ्यका सबै मापदण्ड अपनाएर भएपनि पूर्व निर्धारित परीक्षा नरोक्ने जनाएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *