बुधबार थपिए ११ हजार ३५२ कोरोना संक्रमित, ४ जनाको मृत्यु

काठमाडौँ, ५ माघ। पछिल्लो चौबिस घण्टामा देशभर ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या एकैदिन पुष्टि भएको हालसम्मकै सबैभन्दा बढी हो । यही अवधीमा थप ६१३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार पीसीआर र एन्टीजेन गरी २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

जसमा उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४ हजार ६६६, भक्तपुरमा ५ सय ७८ र ललितपुरमा १ हजार १९ गरी काठमाडौँ उपत्यकामा ६ हजार ३ सय ४३ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४७ हजार ९२९ रहेको छन् ।

त्यस्तै आज कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २८ पुगेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *