एकैदिन थपिए १० हजार भन्दा बढी कोरोना संक्रमित, १ जनाको मृत्यु

काठमाडौँ, ४ माघ। पछिल्लो चौबिस घण्टामा देशभर १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ५६२ जना संक्रमणमुक्त भएका छन् । यो संख्या  कोरोना महामारी सुरु भएयताकै एकैदिन पुष्टि भएको सबैभन्दा धेरै हो। यसअघि गत २८ वैशाखमा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पीसीआर र एन्टीजेन गरी २२ हजार ८२८ वटा नमुना परीक्षण गर्दा १० हजार २५८जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

जसमा उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४ हजार ४, भक्तपुरमा ५ सय ७० र ललितपुरमा ९ सय ७५ जना गरी काठमाडौँ उपत्यकामा ५ हजार ५२९ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेको छन् । आइसीयूमा १ सय ५१ जना भेन्टीलेटरमा २८ जना संक्रमति उपचाररत छन् ।

त्यस्तै आज कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २४ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *