स्नायू रोग सम्वन्धी पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ, ४ माघ । स्नायू रोगबारे पत्रकारले जान्नै पर्ने विषयका बारेमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपाल, नेपाल पक्षघात संघ र नेशनल न्युरो सेन्टरको संयुक्त आयोजना मंगलबार ‘भर्चुअल’ रुपमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा स्नायू रोग विशेषज्ञहरु डा सुमन भट्टराईले इपिलेप्सी अर्थात छारे रोगका विषयमा पत्रकारहरुले जान्नैपर्ने कुराहरुका बारेमा प्रस्तुतिकरणका साथ चर्चा गरेका थिए ।

अर्का विशेषज्ञ डा अभिषेक मान श्रेष्ठले स्ट्रोक अर्थात मस्तिष्कघातको विषयमा प्रस्तुति दिएका थिए । उनले के कारणले मस्तिष्क घात हुन्छ रु मस्तिष्क घात भईहालेमा के गर्ने र कसरी उपचार गर्ने भन्ने विषयमा प्रस्तुति दिएका थिए ।

डाक्टर मोनिका थापाले टाउको दुख्ने समस्याका बारेमा प्रकाश पारेकी थिईन । उनले टाँउको दुख्नुको विविध कारणहरु हुने भन्दै यसका जटिलताका बारेमा समेत जानकारी दिएकी थिईन ।

कार्यक्रमको सहजीकरण गरेका बरिष्ठ स्नायुरोग विशेषज्ञ डा लेखजंग थापाले गररेका थिए । उनले स्वास्थ्यका विषयमा रिपोटिङ गर्ने पत्रकारहरुलाई स्नायूरोग सम्वन्धी विविध समस्याका बारेमा जानकारी दिने उदेश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताए ।

‘स्वास्थ्यका धेरै समस्याहरु छन् । तर स्नायु सम्वन्धी समस्या जटिल समस्याको रुपमा देखा परिरहेको छ । त्यसैले यसबारेमा आम जनमानस सचेत हुनु पनि आवश्यक छ । त्यसैका लागि हामीले स्वास्थ्य पत्रकार मञ्च संगको सहकार्यमा पत्रकार अभिमूखिकरण कार्यक्रम राखेका हौँ,’ उनले भने ।

कार्यक्रममा मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले पत्रकारहरुको क्षमता विकास गर्ने योजना अनुरुप नेपाल पक्षघात संघ र नेशनल न्युरो सेन्टरसंग सहकार्य गर्दै अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको बताए । उनले संघ, सेन्टर र मञ्चको सहकार्यमा पत्रकारका लागि स्नायु रोग सम्वन्धी लेखनबृत्ति कार्यक्रम अघि सार्न लागेको समेत जानकारी गराएका थिए ।

मञ्चका सदस्य महेश तिमल्सेनाले कार्यक्रमको संयोजनका लागि सहजीकरण गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *