एकैदिन थप ६७३४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु


काठमाडौँ, ३ माघ। पछिल्लो चौबिस घण्टामा देशभर ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ५ सय ४७ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार पीसीआर र एन्टीजेन गरी १७ हजार ४ सय ६५ वटा नमुना परीक्षण गर्दा ६ हजार ७ सय ३४ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ हजार ९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जना गरी काठमाडौँ उपत्यकामा ३ हजार ९३९ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय ७७ रहेको छन् । आइसीयूमा १ सय ३९ जना भेन्टीलेटरमा २६ जना संक्रमति उपचाररत छन् ।

त्यस्तै आज कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २३ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *