कोरोनाको बढ्दो संक्रमण पछि राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले राख्यो १३ बुँदे माग

 


काठमाडौँ, ३ माघ । कोरोनाको बढ्दो संत्रमणलाई हेरेर राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले सरकार समक्ष १३ बुँदे माग राखेको छ । संघले सोमबार विज्ञप्ती जारी गर्दै अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका स्वास्थ्यकर्मीहरुका निशुल्क उपचार, व्यवस्थित आइसोलेसनको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुको यथासिघ्र वीमाको व्यवस्था गर्नुपर्ने लगाएतका माग अघि सारेको छ।

अध्यक्ष राम बहादुर चन्दद्वारा जारी विज्ञप्तिमा नेपाल सरकारले कोभिड -१९ महामारीमा खटिने स्वास्व्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता हाल सम्म पनि पुरा नदिएकाले तुरुन्त दिन पनि माग गरिएको छ।

यस्तै अस्पतालहरुमा कोभिड खोपका लागि बढ्दो भिडलाई दृष्टिगत गर्दै पर्याप्त स्वयंसेवकको परिचालन गर्नुपर्ने, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि आक्रमणमा उत्रिनेलाई नियन्त्रणमा लिई कारवाही गर्नुपर्नै लगायतका मागअहरु अघि सारेको छ ।

यस्ता छन् मागहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *