चौबिस घण्टामा थप ४९६१ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौँ, २ माघ। पछिल्लो चौबिस घण्टामा देशभर ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ४३५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले आइतबार कोरोना प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार पीसीआर र एन्टीजेन गरी १५ हजार १३१ वटा नमुना परीक्षण गर्दा ४ हजार ६३६ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ हजार ५४५, भक्तपुरमा ३२६ र ललितपुरमा ४७४ जना गरी काठमाडौँ उपत्यकामा ३ हजार ३४७ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६८० रहेको छन् । जसमध्ये संस्थागत आइसोलेसनमा १ हजार ९६ र होम आइसोलेसनमा २४ हजार ५८४ जना रहेका छन् ।

त्यस्तै आइसीयूमा १ सय २२ जना भेन्टीलेटरमा २९ जना संक्रमति उपचाररत छन् । आज कोरोना संक्रमणबाट थप ३जनाको मृत्यु भएको सह प्रवक्ता डा अधिकारीले बताए । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २० पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *