मेडिकल कलेज सञ्चालक सुनिल शर्मालाई सिंहदरबार भित्रै कालोमोसो

तस्विर अनलाइन खबर

काठमाडौँ, ३० पुस । मेडिकल कलेज सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले सिंहदरबार भित्रै कालोमोसो दलेका छन् ।

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयमा मेडिकल कलेजहरुले विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा भएको सर्वपक्षीय छलफलबाट बाहिरिने क्रममा उनलाई विद्यार्थीहरुले मन्त्रालयको गेटमै कालोमोसो दलेका हुन् ।

छलफलबाट निस्कने क्रममा मन्त्रालयको गेटमा बसेका विद्यार्थीहरुले शर्मालाई नमस्कार गरे जस्तो गर्दै झुक्याएर कालोमोसो दलेका हुन् ।

अनेरास्ववियूका उपमहासचिव महेश श्रेष्ठ, स्थायी कमिटी सदस्य अमर पुन लगायतले कालोमोसो दलेको बताइएको छ । प्रहरीले उनीहरुलाई परिसरबाटै नियन्त्रणमा लिएको छ । कालोमोसो दलिएका शर्मा भने मन्त्रालय भित्र गई मुख धोएर गाडीमा बाहिरिएका थिए ।

। शर्माको काठमाडौं मेडिकल कलेज तथा नोवेल मेडिकल कलेज विराटनगरमा चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा ६ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थी आन्दोलनमा छन् ।

उनीहरुको आन्दोलनलाई विभिन्न दल निकट विद्यार्थी संगठनहरुले साथ दिएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *