स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुखको जिम्मेवारी सागरप्रसाद घिमिरेलाई

काठमाडौँ, २९ पुस । स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखमा सागरप्रसाद घिमिरे आएका छन्। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले गत २६ माघमा गरेको सचिवस्तरीय निर्णय अनुसार घिमिरेलाई स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।
वरिष्ठ जनस्वास्थ्य प्रशासक घिमिरे यसअघि बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त प्रमुख थिए । उनी १० औं तहका कर्मचारी हुन्।
यतिवेला काठमाडौँमा निमित्त प्रमुखको जिम्मेवारी शम्भु काफ्लेले सम्हालेका थिए ।
‘घिमिरे सर यहाँ आउने जानकारी पाएँ । मलाई कहाँ जिम्मेवारी दिईयो भन्ने जानकारी छैन् । ठ्याक्कै तीन महिनामा मेरो सरुवा भयो,’ उनले भने ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



