चौबिस घण्टामा थप ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २९ पुस । पछिल्लो चौबिस घण्टामा देशभर ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप २ सय ७१ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन गरी १५ हजार ८१ वटा नमुना परीक्षण गर्दा ३ हजार ५ सय ५३ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार ४ सय ४९, भक्तपुरमा १ सय ५० र ललितपुरमा ३ सय १७ जना गरी उपत्यकामा १ हजार ९ सय १६ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ३ सय ४० रहेको छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ८ सय ३७ र होम आइसोलेसनमा १३ हजार ५ सय ३ जना रहेका छन् ।

त्यस्तै आइसीयूमा १ सय १० जना भेन्टीलेटरमा २५ जना संक्रमति उपचाररत छन् । आज कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १० पुगेको छ ।

त्यस्तै आज थप ३ लाख ५६ हजार ४ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *