चौबिस घण्टामा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि

336
Shares

काठमाडौँ, २८ पुस । पछिल्लो चौबिस घण्टामा देशभर ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप २ सय ७८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार १२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ जना गरी उपत्यकामा १ हजार ५३८ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० रहेको छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ८८० र होम आइसोलेसनमा १० हजार ८१० जना रहेका छन् । त्यस्तै आइसीयूमा ८७ जना भेन्टीलेटरमा २२ जना संक्रमति उपचाररत छन् । आज कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *