काठमाडौँमा आज देखि थप छ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप दिईदै

काठमाडौँ, २८ पुस । स्वास्थ्य कार्यालय काठमाडौँले आज देखि थप छ वटा निजी अस्पतालबाट पनि १८ वर्ष माथिका सर्वसाधारणलाई कोभिडविरुद्धको खोप उपलव्ध गराउने भएको छ । अहिलेसम्म ७ वटा सरकारी अस्पतालबाट यस्तो सुविधा प्रदान हुँदै आएको थियो ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेका अनुसार आजबाट नर्भिक अस्पताल थापाथली, काठमाडौँ मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल सामाखुशी, जनमैत्री अस्पताल बालाजु, सुभेच्छा अस्पताल सितापाइला र नोवेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको निशुल्क खोप उपलव्ध गराउन लागिएको हो ।

‘सरकारी प्रोटोकल अनुसार नै ती अस्पतालहरुले खोप दिनेछन् । विहान १० देखि दिउसो ३ बजेसम्म खोप उपलव्ध हुनेछ । अहिलेलाई भेरोसेल, कोभिसिल्ड र जोनसन एण्ड जोनसन खोप उपलव्ध हुनेछन्,’ काफ्लेले भने ।

यी सातवटा सरकारी अस्पतालबाट पनि पाइन्छ खोप
स्वास्थ्य कार्यालय काठमाडौँले सातवटा सरकारी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप नियमित रुपमा दिदै आएको छ ।

शहीद शुक्रराज टपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, निजामती कर्मचारी (सिभिल) अस्पताल बानेश्वर, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, नेपाली सेनाको अस्पताल छाउनी र सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट पनि नियमित रुपमा खोप उपलव्ध हुँदै आएको छ ।

बालबालिकाहरुलाई स्कुल स्कुलमा खोप
यसैबीच स्वास्थ्य कार्यालय काठमाडौँले मंगलबार देखि १२ देखि १७ वर्ष उमेरका बालबालिकाहरुलाई कोभिडविरुद्धको खोप फाइजर दिएको छ ।

उसले खोप लगाउने विद्यार्थी संख्या २०० भन्दा माथि भएका निजी तथा सरकारी विद्यालयमा खोप केन्द्र राखेर खोप दिईएको जनाएको छ ।

खोपका लागि विद्यालयहरुले संख्या उपलव्ध गराउने र त्यसका आधारमा खोप दिईएको स्वास्थ्य प्रमुख काफ्लेले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *