‘नेपाल फर्मा एक्स्पो-२०२२’ दुई महिना पछि सर्‍यो

काठमाडौँ, २८ पुस । औषधि र यससंग सम्वन्धित बस्तुहरुको बृहत प्रदर्शनी ‘नेपाल फर्मा एक्स्पो -२०२२’ निर्धारित मिति भन्दा दुई महिना पछि सारिएको छ । देशमा कोरोना संक्रमणले तिब्रता पाएसंगै एक्स्पो निर्धारित मिति भन्दा दुई महिना पछि सारिएको हो ।

नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा हुने  एक्स्पो यसअघि  ६ देखि ८ फागुन (१८ देखि २० फेब्रुअरी)का लागि तोकिएको थियो । अब नयाँ मिति दुई महिना पछि अर्थात ९ देखि ११ बैशाख २०७९ ( २२ देखि २४ अप्रिल २०२२)का लागि तोकिएको छ ।

एक्स्पोका प्रमुख संयोजक जी नारायणबहादुर क्षेत्रीले मंगलबार विज्ञप्ती जारी गर्दै एक्स्पो निर्धारित मिति भन्दा दुई महिना पछि सारिएको जानकारी दिएका हुन् । उनले देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको र संक्रमणले तिब्रता लिएको कारण एक्स्पोको मिति सारिएको उल्लेख गरेका छन् ।

हुन पनि देशमा पछिल्लो पाँच दिनको तथ्यांक हेर्ने हो भने संक्रमण दर झण्डै पाँच गुणाले बढेको छ ।

संक्रमण बढ्दा सरकारले भिडभाड हुने कार्यक्रम नगर्न निर्देशनात्मक आदेश दिईसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *