अंग प्रत्यारोपण समाजको अध्यक्षमा डा पुकारचन्द्र श्रेष्ठ निर्वाचित

काठमाडौँ, २४ पुस । अंग प्रत्यारोपणको क्षेत्रमा काम गरिरहेका चिकित्सकहरुको संंस्था अंग प्रत्यारोपण समाज नेपाल (नेप्लीज सोसाइटी अफ अर्गान ट्रान्सप्लान्ट -नेसोट)को अध्यक्ष पदमा डा पुकारचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिबार काठमाडौँमा आयोजित संस्थाको प्रथम साधारण सभाले डा श्रेष्ठको अध्यक्षतामा दश सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा प्राडा गुणकुमार श्रेष्ठ, महासचिवमा डा कल्पना श्रेष्ठ र कोषाध्यक्षमा डा दिपेश श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यहरुमा डा गोपी अर्याल, डा विशेष पौडेल, डा लुसन सिंह, डा सोभित थापा र डा ललित दास निर्वाचित भएका छन् ।

नव निर्वाचित अध्यक्ष डा श्रेष्ठले नयाँ कार्यसमितिले आगामी दिनमा प्रत्यारोपण र डायालासिस सेवालाई देशभर विस्तार गर्ने र नेसोटका सदस्यहरुको बृत्ति विकासका लागि कार्य गर्ने बताए । उनले अंगदान र मस्तिष्क मृत्यु सम्वन्धी जनचेतनामुलक कार्यहरुलाई पनि तिब्रता दिईने बताए ।

३९ सदस्यीय यो संस्था स्थापना गर्दा डा नीरज जोशीको अध्यक्षतामा तदर्थ समिति गठन भएको थियो । डा जोशीको कार्यकालमा मुनाफारहित संस्थामार्फत डायालासिस गर्नका लागि पहिलो अन्तराष्टिय प्रत्यारोपण सम्मेलन सम्पन्न गरेको थियो ।

नयाँ कार्यसमितिको कार्याकाल दुई वर्षको रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *