चौबिस घण्टामा थप ९४४ जनामा कोरोना संक्रमण, २९७ जना संक्रमणमुक्त

404
Shares

काठमाडौँ, २४ पुस । पछिल्लो चौबिस घण्टामा देशभर ९४४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २९७ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ९ हजार ७६२ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा ६९६ र ३ हजार ५०२ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २४८ जनाको जनाको पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३६२ भक्तपुरमा २५ र ललितपुरमा ९४ जना गरी उपत्यकामा ४८१ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १४० रहेको छन् । आइसीयूमा ८१ जना भेन्टीलेटरमा १४ जना संक्रमति उपचाररत छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *