ओमिक्रोन भेरियन्ट बढ्न सक्ने भन्दै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौँ, २३ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरियन्ट बढ्न सक्ने अवस्थालाई मध्येनजर गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

मन्त्रालयले आज एक बिज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई ध्यान दिँदै सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो। आजमात्रै नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले उपचारका लागि आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामाग्रीहरुको व्यवस्थापन गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सरकारले सीमा नाकाहरुमा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउन पनि निर्देशन दिएको छ ।

नेपालमा पनि सो भेरियन्टका केशहरु बढ्दै गएकोले सबैमा सजग भइ जनस्वास्थ्यका मापदण्डहरुको पालना (सही तरिकाले मास्क लगाउने, बारम्बार हात धुने तथा दुई मिटरको भौतिक दुरी कायम गर्ने) गर्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *