एकैदिन थप ५४० जनामा कोरोना संक्रमण, २७१ जना डिस्चार्ज

काठमाडौँ, २२ पुस । पछिल्लो चौबिस घण्टामा देशभर ५४० जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २७१ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ७ हजार २०९ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा ४७८ र ४ हजार ८९० जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ६२ जनाको जनाको पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २२१ भक्तपुरमा ३० र ललितपुरमा ५९ जना गरी उपत्यकामा ३१० जना थपिएका छन् ।

यी सहित हालसम्म नेपालमा कुल संक्रमितको संख्या ९ लाख २६ हनार ९२५ पुगेको छ । जसमध्ये ८ लाख १३ हजार ४४७ जना निको भएका छन् ।

त्यस्तै आज थप १ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ रहेको छन् । आइसीयूमा ७९ जना भेन्टीलेटरमा १४ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप १ लाख २० हजार ६५३ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *