मंगलबार करीव १२ लाख डोज भेरोसेल खोप आउँदै

काठमाडौँ, २२ पुस । आगामी मंगलबार चीनबाट करीव १२ लाख डोज कोभिडविरुद्धको खोप भेरोसेल आउने भएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सो खोप आउन लागेको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख सुरेन्द्र चौरसियाले आगामी ११ तारिख मंगलबारका दिन करीव १२ लाख डोज भेरोसेल खोप आउने तय भएको जानकारी दिए ।

पछिल्लो समय कोरोनाको संक्रमण बढ्दो क्रममा देखिएको छ । विज्ञहरुले नयाँ संक्रमणबाट जोगिनका लागि समेत खोप लगाउन सुझाव दिईरहेका छन् ।

सरकारले आगामी माघ महिना देखि  लक्षित समूह निर्धारण गरी भेरोसेल खोपको अतिरिक्त डोज समेत दिने योजना बनाएको छ ।

नेपालको कोभिडविरुद्धको खोप अभियानमा अहिलेसम्म भेरोसेल, कोभिसिल्ट, एस्टाजेनेका, फाइजर, मोर्डना, जानसन लगायतका खोपहरु प्रयोगमा ल्याइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *