काठमाडौँमा भोलि देखि अतिरिक्त मात्रा खोप दिईदै

काठमाडौं, २० पुस । स्वास्थ्य कार्यालय काठमाडौंले भेरोसेल खोप लगाएका ६० वर्ष माथिका नागरिकलाई अतिरिक्त खोप भोलि (बुधबार)बाट दिने भएको छ ।

जिल्ला खोप समन्वय समितिको आज बैठक बसेर आवश्यक तयारी पुरा गरेपछि भोलिबाट खोप दिने योजना बनेको स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले बताए ।

उनका अनुसार मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, संक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपणमा गरेका विरामीहरु, एचआईभी भएका विरामीहरु, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरु सेवन गरिरहेका विरामीहरुले पनि थप मात्रा खोप पाउने छन् । यस्ता व्यक्तिहरुले भने विगतमा जुन खोप लगाएको हो सोही खोप प्राप्त गर्नेछन् । तर त्यसका लागि उपचार गरेको कागजात लिएर जानुपर्नेछ ।

अतिरिक्त मात्रा खोप स्वास्थ्य कार्यालय ललितपुरले पनि बुधबारबाट गर्ने तयारी गरेको बुझिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *