चौबिस घण्टामा थप ३२६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

152
Shares


काठमाडौँ, १९ पुस । पछिल्लो चौबिस घण्टामा देशभर ३२६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २५५ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ९ हजार ७ सय जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २९१ र २ हजार ७९८ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ३५ जनाको जनाको पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १४० भक्तपुरमा १६ र ललितपुरमा २८ जना गरी उपत्यकामा १८४ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ रहेका छन् । आइसीयूमा ८९ जना भेन्टीलेटरमा २१ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप ३ लाख ४४ हजार ४४ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *