चौबिस घण्टामा थप ३८२ जनामा कोरोना संक्रमण, २५२ जना डिस्चार्ज

काठमाडौँ, १७ पुस । पछिल्लो चौबिस घण्टामा देशभर ३८२ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २५२ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ५ हजार ७ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा ३४२ र ५१ हजार ९५२ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ४० जनाको जनाको पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २४४ भक्तपुरमा ९ र ललितपुरमा ३२ जना गरी उपत्यकामा २८५ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९६९ रहेका छन् । आइसीयूमा ८९ जना भेन्टीलेटरमा २७ जना संक्रमति उपचाररत छन् । आज मृतकको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *