चौबिस घण्टामा थप २२० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ, १४ पुस । पछिल्लो चौबिस घण्टामा देशभर २२० जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २५३ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ६ हजार ४३३ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २०९ र १ हजार १७५ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ११ जनाको जनाको पोजेटिभ आएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८६४ रहेका छन् । आइसीयूमा ८७ जना भेन्टीलेटरमा २१ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप २ लाख २६ हजार ८७ जनाले खोप लगाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *