चौबिस घण्टामा थप २६४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ, १३ पुस । पछिल्लो चौबिस घण्टामा देशभर २६४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २६० जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ८ हजार ५३६ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २४१ र ४ हजार ३० जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २३ जनाको जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ११२, भक्तपुरमा ८ र ललितपुरमा २९ जना गरी उपत्यकामा १४९ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९१० रहेका छन् । आइसीयूमा ८४ जना भेन्टीलेटरमा २२ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप २ लाख ८३ हजार २६५ जनाले खोप लगाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *