चौबिस घण्टामा थप २६४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

116
Shares

काठमाडौँ, १३ पुस । पछिल्लो चौबिस घण्टामा देशभर २६४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २६० जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ८ हजार ५३६ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २४१ र ४ हजार ३० जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २३ जनाको जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ११२, भक्तपुरमा ८ र ललितपुरमा २९ जना गरी उपत्यकामा १४९ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९१० रहेका छन् । आइसीयूमा ८४ जना भेन्टीलेटरमा २२ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप २ लाख ८३ हजार २६५ जनाले खोप लगाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *