दीर्घरोगी र ६० वर्ष माथिकालाई अतिरिक्त खोप दिने निर्णय

काठमाडौँ, १३ पुस । सरकारले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका दीर्घ रोगी र ६० वर्ष माथिका नागरिकलाई कोभिडविरुद्धको अतिरिक्त डोज दिने निर्णय गरेको छ । राष्टिय खोप सल्लाहकार समितिको सुझाव अनुसार यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले तत्कालका लागि मिर्गौला, क्यान्सर, मुटु, एचआईभी जस्ता रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिलाई अतिरिक्त मात्रा दिनका लागि निर्देशन दिईएको बताए । उनले ६० वर्ष माथिका नागरिकलाई पनि अतिरिक्त मात्रा खोप लगाईदिने निर्णय भएको सुनाए ।

‘हामीले हिजो नै प्रदेश तथा स्थानीय तहलाई पत्राचार गरिसकेका छोँ । अब अतिरिक्त मात्रा सुरु भएको छ,’ महानिर्देशक सिंहले भने ।
उनले अतिरिक्त खोप लगाउन जानेहरुलाई थप मात्रा उल्लेख गरिएको खोप कार्ड उपलव्ध गराउने समेत जानकारी दिए ।

अतिरिक्त मात्राका लागि भेरोसेल र कोभिसिल्ड खोप उपलव्ध गराईएको छ ।

महानिर्देशक डा सिंहले केही दिन भित्र फ्रन्टलाइनरलाई र त्यसपछि उमेर समूहअनुसार अतिरिक्त मात्राको अभियान चलाउने समेत जानकारी दिए ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको खतरा बढ्दै जाँदा विश्वका अधिकांश देशहरुले बुस्टर डोजको नाममा कोभिडविरुद्धको अतिरिक्त खोपहरु दिदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *