चौबिस घण्टामा थप २७१ जनामा कोरोना संक्रमण, २२५ जना संक्रमणमुक्त

84
Shares

काठमाडौँ, १२ पुस । पछिल्लो चौबिस घण्टामा देशभर २७१ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २२५ जना संक्रमणमुक्त भएका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार ९ हजार १५७ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २५१ र १ हजार ७२९ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २० जनाको जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १३२, भक्तपुरमा १४ र ललितपुरमा १९ जना गरी उपत्यकामा १६५ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ रहेका छन् । आइसीयूमा ७८ जना भेन्टीलेटरमा २३ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप ५ लाख ६८ हजार ३१९ जनाले खोप लगाएका छन् । नेपालमा खोप अभियान सुरु भएयता एकैदिन खोप लगाउनेको आजको संख्या सबैभन्दा धेरै हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *