चौबिस घण्टामा थप २७१ जनामा कोरोना संक्रमण, २२५ जना संक्रमणमुक्त

काठमाडौँ, १२ पुस । पछिल्लो चौबिस घण्टामा देशभर २७१ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २२५ जना संक्रमणमुक्त भएका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार ९ हजार १५७ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २५१ र १ हजार ७२९ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २० जनाको जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १३२, भक्तपुरमा १४ र ललितपुरमा १९ जना गरी उपत्यकामा १६५ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ रहेका छन् । आइसीयूमा ७८ जना भेन्टीलेटरमा २३ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप ५ लाख ६८ हजार ३१९ जनाले खोप लगाएका छन् । नेपालमा खोप अभियान सुरु भएयता एकैदिन खोप लगाउनेको आजको संख्या सबैभन्दा धेरै हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *