नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा इमरजेन्सी र ओपीडी टिकट नि:शुल्क

काठमाडौँ, १२ पुस । जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले आगामी १५ पुस देखि १५ माघसम्म उपचारमा आउने जनरल बेडमा भर्ना हुने बिरामीले बेड चार्ज तिर्नु नपर्ने का लागि विशेष छुट प्याकेज घोषणा गरेको छ ।

घोषित प्याकेज अनुसार इमरजेन्सी र ओपिडी सेवामा आउने सम्पूर्ण जनरल बेडमा भर्ना हुने बिरामीले बेड चार्ज तिर्नु नपर्ने को दर्ता (नयाँ तथा पुरानो) शुल्कमा सतप्रतिशत छुट दिइनेछ ।

यस्तै साधारण शैया (जनरल बेड) मा भर्ना भई उपचार सेवा लिँदा तिर्नुपर्ने शैया शुल्क (बेड चार्ज)मा सत प्रतिशत छुट दिईनेछ ।

सोमबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रवन्ध निर्देशक बसुरुद्धिन अन्सारीले घोषित प्याकेज कार्यक्रम आम सर्वसाधारणको सेवामा अस्पताल क्रियाशिल छ भन्ने व्यवहारिक रुपमै देखाउने उद्धेश्यबाट प्रेरित भएको बताए ।

‘अस्पतालमा व्यवस्थापन फेरिएको अवस्था छ । हामी यहाँ आएको पाँच महिना पुग्यो । पहिले यहाँको सेवा के कस्तो थियो, त्यता नजाउँ, अव कस्तो हुँदैछ त्यो भन्दैछौँ । हाम्रो अस्पतालको सेवा साँच्चिकै यस भेगका न्युन तथा मध्यम आय भएका व्यक्तिहरुले समेत सहजरुपमा लिन सकुन भन्ने हो । त्यहि अनुसार छुट व्यवस्था मिलाइएको हो,’ थप जानकारी दिदै अन्सारीले भने ।

उनले छुट प्याकेजको प्रभावकारिता एक महिना हेरेपछि थप निर्णय लिईने समेत बताए ।

अन्सारीले निशुल्क प्याकेजको कभर तिर्न सक्ने व्यक्तिबाट उठ्ने शुल्कबाट कभर हुने समेत दावी गरे ।

‘हामीकहाँ भिआईपी र तिर्न सक्नेका लागि थुप्रो डिलक्स रुम पनि त छ, त्यहाँ आउनेहरुबाट उठने पैसाबाटै हामीले प्याकेजलाई अघि बढाएका हौँ ,’ उनले भने ।

सो अवसरमा अन्सारीले पत्रकार र तिनका परिवारका सदस्यका लागि पनि उपचार तथा परीक्षण शुल्कमा १० देखि २५ प्रतिशत छुटको व्यवस्था राखिएको जानकारी दिए ।

अस्पताल थप स्तरोन्नती गर्ने घोषणा
मेडिकल कलेजमा पाँच महिना अघि अन्सारीको टिम भित्रिएको हो । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको समेत स्वामित्व रहेको अन्सारीले नेपाल मेडिकल कलेज शिक्षण अस्पताललाई पनि नम्बर वान शिक्षण अस्पताल बनाउने योजना रहेको बताए ।

उनले एकवर्ष भित्र क्याथल्याव सञ्चालन गरी मुटु उपचारलाई प्रभावकारी बनाउने बताए । एमआरआई र सिटीस्क्यान एक एक वटा भएकोमा थप एक एक वटा थप्ने योजना रहेको बताए । यस्तै मिर्गौैला र क्यान्सरको उपचार सेवामा पनि विशेष प्याकेज अघि सार्ने बताए ।

अन्सारीले अहिले पनि करीब ७१ वटा आइसीयू सञ्चालन रहेको भन्दै त्यसमा थप २३ सैय्या थप्ने योजना रहेको सुनाए । गुणस्तरीय व्लडबैक सञ्चालनमा आइसकेको समेत जनाए ।

उनले अस्पतालको सुधारका कार्यक्रम ल्याउँदै गर्दा विरामीको सेवालाई पहिलो प्राथमिकतामा राखेको भन्दै दक्ष जनशक्ति र पुर्वाधार तथा उपकरण तयार पारेरै यी सबै घोषणा गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *