चौबिस घण्टामा थप २१९ जनामा कोरोना संक्रमण, २८३ जना संक्रमणमुक्त

काठमाडौँ, ११ पुस । पछिल्लो चौबिस घण्टामा देशभर २१९ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २८३ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ७ हजार १८० जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २१३ र २ हजार ४९७ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ६ जनाको जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७७, भक्तपुरमा ८ र ललितपुरमा २८ जना गरी उपत्यकामा ११३ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९०६ रहेका छन् । आइसीयूमा ७५ जना भेन्टीलेटरमा २४ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *