स्वास्थ्य व्यवसायी परिषद्ले लिएको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ५७ प्रतिशत पास

काठमाडौँ, १० पुस । नेपाल स्वास्थ्य व्यावसायी परिषद्ले दोस्रो नाम दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स)को नतिजा प्रकाशित गरेको छ ।
पुल्चोकस्थित इन्जिनियररिङ कलेजमा गत ८ पुस देखि आजसम्म सञ्चालन गरेको परीक्षाको नतिजा केहीवेर अघि प्रकाशित भएको हो ।

परिषद्का अध्यक्ष डा मोहनकृष्ण श्रेष्ठका परीक्षामा ५६.८४ प्रतिशत उत्तीर्ण भएका छन् । ‘परीक्षामा कुल परीक्षार्थी २ हजार ६८४ जना थिए । त्यसमा ११२ जना अनुपस्थित रहे । कुल उत्तीर्णको १४६२ (५६.८४ प्रतिशत) रहयो,’ डा श्रेष्ठले भने ।

उनले गत भदौ २१, २२ र २३ गते लिइएको परिषद्को पहिलो परीक्षामा भन्दा यसपटक करीव १० प्रतिशतले नतिजा कम आएको जानकारी दिए ।

लाइसेन्स परीक्षामा स्नातकोत्तर तहमा ७६ जना सहभागी थिए । त्यसमा ४२ जना (५७.५३ प्रतिशत) पास भएका छन् । यस्तै स्नातक तहका ७९७ जना सहभागी भएकोमा ४५४ जना अर्थात ६१.६० प्रतिशत पास भएको र प्रमाणपत्र तहमा १ हजार ८११ जना सहभागी भएकोमा ९६६ जना ( ५४.८२ प्रतिशत पास भएको परिषद्ले जनाएको छ ।

परीक्षामा कसैबाट पनि अवान्चित क्रियाकलाप नभएको समेत उसले उल्लेख गरेको छ ।

परीक्षामा स्वास्थ्यका विभिन्न ३५ विधाका विद्यार्थीहरु सहभागी थिए ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोला

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *