चौबिस घण्टामा थप १६७ जनामा कोरोना संक्रमण, २२६ जना संक्रमणमुक्त

काठमाडौँ, १० पुस । पछिल्लो चौबिस घण्टामा देशभर १६७ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २२६ जना संक्रमणमुक्त भएका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ४ हजार २८३ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा १५७ र २ हजार १६४ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा १० जनाको जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ६८ , भक्तपुरमा ४ र ललितपुरमा २६ जना गरी उपत्यकामा ९८ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९७८ रहेका छन् । आइसीयूमा ८१ जना भेन्टीलेटरमा २२ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप २ लाख ५५ हजार ४५८ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *