६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो


काठमाडौँ, ९ पुस । कोरोनाविरुद्धको फाइजर खोपको ६ लाख ६४ हजार डोज नेपाल आइपुगेको छ। कोभ्याक्स सुबिधा अन्तर्गतको ६ लाख ६४ हजार ६५० डोज खोप शुक्रबार काठमाडौँ आइपुगेको हो।

सरकारले प्रदेश नं १ को झापा, मोरङ, सुनसरी, प्रदेश नं २ को सप्तरी, धनुषा, पर्सा, बागमती प्रदेशको काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशको कास्की र बाग्लुङ लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिने बताएको छ ।

यसबाहेकका ५७ जिल्लामा भने अर्को अमेरिकी खोप मोडर्नाको पहिलो डोज चलिरहेको छ ।

नेपालले कोभ्याक्स सुविधामार्फत् फाइजर खोपको १ लाख ६२० मात्रा कार्तिक महिनाको दोस्रो साता प्राप्त गरेको थियो।

नेपालमा ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ खोप आयात यसअघि नै भइसकेको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले जनाएको छ।

नेपालमा आएको खोपमध्ये हालसम्म २ करोड २५ लाख १० हजार ८१८ मात्रा लगाई सकिएको छ। जसमध्ये  एक मात्रा खोप प्राप्त गर्नेको संख्या १ करोड २६ लाख ७२ हजार ४४२ जना रहेका छन्।

त्यसैगरी, पूर्ण खोप प्राप्त गर्नेको संख्या ९८ लाख ३८ हजार ३७६ जना पुगेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *