विदेश जानेका लागि जोन्सन एण्ड जोन्सन खोप चारवटा अस्पतालबाट उपलव्ध

काठमाडौँ, ८ पुस । सरकारले एक डोज मात्रै लगाए हुने कोभिडविरुद्धको खोप जोन्सन एण्ड जोन्सनको ‘जानसन’ विदेश जाने व्यक्तिले लगाउन पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौँले विदेश जानेहरुका लागि जिल्लाका चारवटा सरकारी अस्पतालबाट ‘जानसन’ खोप दिईरहेको छ ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले छाउनीस्थित वीरेन्द्र शैनिक प्रहरी अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोगबाट जोन्सन एण्ड जोन्सन खोप दिईरहेको बताए ।

‘हामीले पहिले नेपाली सेनाको छाउनी अस्पतालबाट मात्रै यो खोप दिन्थ्यौँ तर हिजो आज चारवटा अस्पतालबाट यो खोप दिन थालेका छौँ । विदेश जानेहरु जसलाई जोन्सन एण्ड जोन्सन खोप लगाउनुपर्ने आवश्यकता परेको छ । उहाँहरुले पासपोर्ट र भिसा सहित गएर खोप लिन सक्नुहुन्छ,’ काफ्लेले भने ।

दोस्रो डोज फाइजर खोप लगाउन छुटेका बालबालिकाले १२ पुसमा पाउने
यस्तै स्वास्थ्य कार्यालय काठमाडौँले पहिलो डोज फाइजर लगाएर दोस्रो डोज लगाउन छुटेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई आगामी १२ पुसका दिन छाउनी अस्पतालमा खोप लगाउने व्यवस्था मिलाएको छ ।

‘नेपाली सेनाको छाउनी अस्पतालमा विहान १० देखि ३ बजेसम्म यसअघि छुटेका बालबालिकाहरुलाई दोस्रो डोज खोप सञ्चालन गर्ने कार्यक्रम मिलाइएको छ । दोस्रो डोज लगाउन जानु होला,’ काफ्लेले भने ।

काठमाडौंका १० स्थानबाट भेरोसेल कोभिसिल्ड÷एस्ट्राजेनेका खोप दिईदै
यसैबीच स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका दश स्थानबाट नियमित रुपमा भेरोसेल, कोभिसिल्ड ÷एस्ट्राजेनेका खोप दिइरहेको भन्दै १८ वर्ष माथिका नागरिकलाई खोप लिन जान भनेको छ । स्वास्थ्य कार्यालय प्रमुख काफ्लेका अनुसार यी खोपहरु निम्न स्थानबाट वितरण भइरहेको छ ।

१. वीरेन्द्र सैनिक अस्पताल छाउनी
२. नेपाल प्रहरी अस्पताल महाराजगञ्ज
३. सशस्त्र प्रहरी अस्पताल बलम्बु
४. वीर अस्पताल महावौद्य
५. निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर
६. शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
७. एपेक्स पोलिक्लिनिक जडिबुटी कोटेश्वर
८. शहीद मेमोरियल अस्पताल कलंकी
९. बयोधा अस्पताल बल्खु
१०. नयाँवसपार्क भित्र गोंगबु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *