चौबिस घण्टामा १७०८९ परीक्षण गर्दा २९० जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौँ, ६ पुस । पछिल्लो चौबिस घण्टामा देशभर २९० जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २३२ जना संक्रमणमुक्त भएका छन् । आज थप ३ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १२ हजार ४७३ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २५२ र ४ हजार ६१६ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ३८ जनाको गरी कुल १७ हजार ८९ परीक्षण गर्दा २९० जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९०, भक्तपुरमा १८ र ललितपुरमा ३८ जना गरी उपत्यकामा १४६ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २४२ रहेका छन् । आइसीयूमा ९५ जना भेन्टीलेटरमा २५ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप २ लाख ४७ हजार ८१४ जनाले कोरोना खोप लगाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *