बल्ल गठन भयो राप्तीको उपकुलपतिका लागि नाम सिफारिस गर्ने समिति

काठमाडौँ, ५ पुस ।  सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नाम सिफारिस गर्न स्वास्थ्य मन्त्री विरोध खतिवडाको संयोजकत्वमा तीन सदस्यीय नाम सिफारिस समिति (सर्च कमिटि) गठन गरेको छ ।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले सोमबार सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री खतिवडाको अध्यक्षतामा नाम सिफारिस समिति गठन गरेको हो ।

उक्त समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला र स्वास्थ्य सचिव डा रोशन कुमार पोखरेल सदस्य रहेका छन् ।

मन्त्रालयका अधिकारीहरुले यसअघि नै राप्तीको उपकुलपतिका लागि नाम सिफारिस समिति गठन भएको बताइरहेका थिए । तर प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नाम सिफारिस समिति सम्वन्धी निर्णय आज मात्रै भएको छ ।

प्रतिष्ठानकी उपकुलपति प्राडा संगिता भण्डारीको गत २६ मंसिरमा कार्यकाल सकिएको थियो । यद्धपी स्वास्थ्य मन्त्री विरोध खतिवडाले प्राडा भण्डारीलाई नै निमित्त जिम्मेवारी दिने निर्णय गरिसकेर एक सातापछि पूर्व निर्णयबाट पछि हटेका हुन् ।

अहिले प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मा शिक्षाध्यक्ष डा बसन्त लामिछानेलाई दिइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *